काठमाडौँ : मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् ।
निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् । फिल्ममा निखिल र सञ्चिता लुइँटेल समेत मुख्य भूमिकामा देखिनेछन् ।फिल्मको निर्माण पनि निखिलले गर्न लागेका हुन् । फिल्मको विषयमा अन्य जानकारी कार्यक्रम सहित गराउने सोच निखिलको रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij