Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।

पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयको पठनपाठनमा समस्या परेको जनाए । उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा प्रकृया अगाडि बढाउन निर्देशन जारी गरेका हुन् ।

महासंघको आह्वानमा काठमाडौंमा चैत २० गतेदेखि सडक आन्दोलन हुदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलन गर्दैै आएका हुन् ।शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् ।

491006561_1205162904382726_4720589444608046539_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij