Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

एक पुरुष मृत फेला

एक पुरुष मृत फेला

रुपन्देही : बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुटवल ११, बुद्ध नगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरीको कुलोमा घोप्टो परेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाले बताए । 

प्रहरीका अनुसार बाहिर चोटपटक देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij