काठमाडौं : आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार हुने भनिएको वार्ता रोकिएको छ । वार्ताका लागि शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेर पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा नपुगी फर्किएको हो ।३ बजे बस्ने भनिएको वार्ताका लागि केहीबेरअघि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितलाई प्रवेश अनुमति दिइएन ।
प्रवेश अनुमति नदिएपछि त्यहाँबाट शिक्षकहरुको टोली फर्किएको हो । उता सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्ने तयारी थियो ।आन्दोलनको २४ दिनपछि विभागीयमन्त्री र शिक्षकहरूबीच औपचारिक हुन लागेको वार्ता केही दिनलाई टरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij