Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

नवलपुरमा खानेपानी ट्याङ्की ढलानको क्रममा पर्खाल भत्किँदा एक जनाको मृत्यु, तीन घाइते

नवलपुरमा खानेपानी ट्याङ्की ढलानको क्रममा पर्खाल भत्किँदा एक जनाको मृत्यु, तीन घाइते

नवलपुर : नवलपुरको देवचुली नगरपालिका–६, मुण्डेमा निर्माणाधीन खानेपानीको ट्याङ्की ढलानको क्रममा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर प्लान्ट अन्तर्गतको ट्याङ्की निर्माणको काम भइरहेको बेला ढुङ्गाले बनाइएको पर्खाल भत्किँदा कामदारहरु च्यापिएका हुन्। पर्खालले च्यापिँदा मध्यविन्दु नगरपालिका–१४ निवासी २४ वर्षीय नवीन सिंजाली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

घटनामा परी मध्यविन्दु–१४ का २८ वर्षीय कुमार परियार, मध्यविन्दु–१३ का २४ वर्षीय ज्ञानेन्द्र वयम्बु र ५० वर्षीय कृष्णबहादुर वयम्बु घाइते भएका छन्। घाइते मध्ये परियारलाई भरतपुर रेफर गरिएको छ भने अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना बिहान करिब १० बजेतिर भएको हो। फिल्टर प्लान्ट ट्याङ्कीमा ढलानको काम भइरहेका बेला अचानक पर्खाल भत्किएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij