काठमाडौँ : ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको लागि आवेदन खुला गरिएकाे छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशले एक विज्ञप्ति जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निर्देशक समाज रहेका छन् ।
स्कटल्यान्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ । गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रम बिच ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्ड घोषणा भएको थियो । ‘नेपाल स्कटल्यान्ड एसोसिएसन’ (एनएसए)को आयोजना रहेको महोत्सवको संयोजक विजय डङ्गोल रहेको छ ।महोत्सवमा सहयोगी संस्थाको रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल रहेको छ ।
महोत्सवमा आदिवासी जनजाति विषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीका चलचित्रले सहभागिता जनाउन सक्नेछन् ।महोत्सवमा आदिवासी कथामा बनेका मूलधारका कथानक चलचित्रलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराए ।
हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकारलाई अवार्ड र सम्मान प्रदान गर्दै मनाइने महोत्सवमा जातीय खाना उत्सव, जातीय पहिरन प्रदर्शन, चलचित्र प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।
‘पहिलो पटक एडम्बरामा हुन लागेको महोत्सवका लागि हामी उत्साहित छौ महोत्सवले पक्कै पनि आदिवासी जनजाति चलचित्र क्षेत्रमा थप योगदान पुर्याउनेछ’ आयोजक नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष तथा महोत्सव संयोजक विजय डङ्गोल भने ।महोत्सव स्कटल्यान्डमा आयोजना हुने विश्वको चर्चित महोत्सव ‘एडम्बरा महोत्सव’कै अवसर पारेर आयोजना हुन लागेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij