पोखरा : होटल सङ्घ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीले सडकको निर्माण काम चुस्त बनाउन दबाब सहित विज्ञप्ति निकालेको हो ।
‘निकै अघि काम सुरु भए पनि स्तरोन्नति कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनुपरेको छ,’ उनले भने, ‘सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन् । सडक विस्तार कार्यमा भएको ढिलाइ, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यस खण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्राहीले ठुलो कष्ट उठाउनु परेको छ । अर्को तर्फ दुर्घटनाको जोखिम त छँदैछ ।’

‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तरोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला ? सडकको विस्तार कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नति कार्य नसकिँदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल सङ्घ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij