Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सरकारी आशामा पुनर्वासका लागि पर्खिरहेका भूकम्प पीडित

सरकारी आशामा पुनर्वासका लागि पर्खिरहेका भूकम्प पीडित

रसुवा : आज बैशाख १२ गते । गोरखा जिल्लाको बारपाक केन्द्र बिन्दु भई बिनासकारी भूकम्प गएको १० बर्ष भयो।प्राय: भुकम्प पीडितहरुले सरकारी रकम प्राप्त गरी सुरक्षित आवास निमार्ण गर्दै दैनिकी चलाउन थालेका छन तर रसुवाका करिब दुई सय भन्दा बढी भुकम्प पीडित भने दश बर्षदेखि जस्ताको टहरामा गुजारा गरेर सरकारी आशामा अझै पनि बसिरहेका छन ।

खासगरी आफ्नो परिवार गुमाई थातथलोबाट विस्थापित हुनेहरू अहिले पनि जोखिमपूर्ण अवस्थामा टहरा मै बस्न बाध्य छन । रसुवाको उत्तरगया गाउँपालिका– ५ खाल्डे बगरमा दश बर्षदेखि २३२ घर परिवारले यो ब्यथा भोगिरहेका छन् ।उनीहरू त्रिशुली नदीले कुनै समय छाडेको बगरमै जस्ताको टहरा बनाई जोखिमपूर्ण रुपमा बसिरहेका हुन  ।गत असोजको बाढीले त उनीहरुको झन बिचल्ली नै भयो ।

आफू बसिरहेको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविस वडा नं. ८ र ९का भूकम्प पीडित अहिले पनि उत्तरगया गाँउपलिका –५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् ।जाडो मौसममा चिसो र गर्मी मौसममा तातो हुने जस्ताको टहरामा बसिरहेका उनीहरु सरकारले कहिले एकिकृत बस्तिको काम सकाउला र भुकम्प प्रतिरोधी घरमा बस्न पाउने हो भन्दै प्रतिक्षामा छन ।

लामो सङ्घर्षपछि खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो ।पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ५ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेको छैन ।

एक दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापित परिवारलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु आजको आबश्यकता हो, तसर्थ उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमता अनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्यको विषयमा पनि ध्यान दिनु आबस्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij