Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सात महिनामै किन हटाइए बानेश्वर र बालाजु वृत्तका डिएसपी ?

सात महिनामै किन हटाइए बानेश्वर र बालाजु वृत्तका डिएसपी ?

काठमाडौं : काठमाडौंको बानेश्वर र बालाजु वृत्तका डिएसपीको अवधि नपुगी सरुवा भएको छ।बुधबार १२१ डिएसपीको सरुवा हुँदा बानेश्वर वृत्तका डिएसपी विरेन्द्र गोदार र बालाजु वृत्तका दानबहादुर थापालाई हटाइएको छ ।उनीहरु गत असोजमा मात्र ती वृत्तमा गएका थिए । कार्यसम्पादन राम्रो नभएकाले अवधि नपुगी हटाइएको प्रहरी स्रोत बताउँछ । बानेश्वर वृत्तका डिएसपी गोदार अनेक विवादमा परेका थिए।

उनका दुई घुमुवा घुसकाण्डमा पक्राउ परेका थिए भने शान्ति सुरक्षा कायम गर्न पनि उनी कमजोर देखिएका थिए । १५ चैतमा भएको प्रदर्शनमा तीनकुनेक्षेत्रमा लुटपाट र तोडफोडको आतंक मच्चिएको थियो।

त्यस्तै,बालाजु वृत्तका डिएसपी थापा कार्यसम्पादनमा कमजोर देखिएपछि फेरिएका हुन्।बानेश्वर वृत्तमा काठमाडौं परिसरमा कार्यरत हरि खतिवडा र बालाजु वृत्तमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका डिएसपी ज्ञानबहादुर विष्ट खटाइएको छ ।

त्यस्तै, कालिमाटी, थानकोट, सातदोबाटो र ठिमी वृत्तका डिएसपी पनि फेरिएका छन्। कालिमाटीमा मधु कुमार थापा, थानकोटमा एलिजा गिरी, सातदोबाटोमा रामकुमार यादब र ठिमीमा नवराज ढुंगानाको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij