फिल्म ‘जार’ वैशाखको २६ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा समावेश ‘ए ठूली’ बोलको गीत यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । झुमा लिम्बु र पवन गिरीको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द, झुमा लिम्बुको संगीत छ । लोकलयमा आधारित यो गीतले प्रेमको कुरालाई व्यक्त गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र गीताञ्जली थापालाई फिचरिङ गरिएको छ । भिडियोमा स्थानीय ग्रामीण जनजीवनलाई पर्दामा उतारिएको छ । यो फिल्मले सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई प्रस्तुत गरेको छ । साहित्यकार इन्द्रबहादुर राइको ऐतिहासिक कथामा आधारित रहेर यो फिल्म तयार भएको हो ।
फूर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टूडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायांकन सिक्किममा गरिएको छ ।
त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री, पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेको यो फिल्ममा सरवानन इलावार्सुको छायांकन, अखिलेश राइको सम्पादन छ । यो फिल्म नेपालसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा आउँदैछ ।
https://youtu.be/lHLhpUCttE4© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij