Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

४३ दिनमा सकियो ‘माग्ने राजा’, कस्तो गर्ला व्यापार ?

४३ दिनमा सकियो ‘माग्ने राजा’, कस्तो गर्ला व्यापार ?

मुनाल घिमिरेको लगानीमा तयार भएको फिल्म ‘माग्ने राजा’को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ४३ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । ४५ दिनको सेड्यूल लिएर छायांकन सुरु भएको फिल्मलाई ४३ दिनमा नै इन्ड क्ल्याप गरिएको निर्माणपक्षले बताएको छ ।

यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ शीर्ष भूमिकामा छन् । फिल्ममा उनको साथमा आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । फिल्मलाई तीजमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । फिल्मको कथावस्तुले दर्शकलाई वाध्ने र तीजमा दर्शकहरुलाई विशेष उपहार हुने दाबी निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij