Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले साताव्यापी कार्यक्रम गर्ने

मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले साताव्यापी कार्यक्रम गर्ने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ।

कार्यक्रम अनुसार वैशाख १३ गते देशका प्रमुख सहरमा रक्तदान कार्यक्रम हुने महासंघले जनाएको छ ।

यस्तै वैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रमा महिला मजदुर लक्षित स्वास्थ्य शिविर गर्नेछ भने सबै प्रदेशमा प्रदेश स्तरीय सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रम तय भएको छ।

यस्तै वैशाख १७ गते औद्योगिक प्रतिष्ठान र बाहिर प्रभातफेरी तथा भेलाहरु सम्पन्न हुने महासंघले जनाएको छ ।

यस्तै वैशाख १८ गते बृहत् जुलुस र प्रज्ञा भवनमा औपचारिक कार्यक्रम हुने संगठनका उपमहासचिव माधव पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij