Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु

जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु

नयाँ दिल्ली : जम्मू कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबिच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ । सेनाको ह्वाइट नाइट कोरले सामाजिक सञ्जालमा एक पोस्टमार्फत यो जानकारी दिएको हो ।

‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र उत्कृष्ट चिकित्सा प्रयासका बिच पनि उनको मृत्यु भयो,’ पोस्टमा भनिएको छ । पोस्टका अनुसार, मूठभेड अझै जारी छ ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा मंगलबार आतंकवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने २० भन्दा धेरै घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट