Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

चितवन : भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि सम्पर्कबाहिर रहेका थिए ।

भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।मैनालीका श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij