काठमाडौं : सामाजिक सञ्जालकर्मी शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मकवानपुरकी ३५ वर्षिया शर्मिला श्रेष्ठ (राई) र भक्तपुरमा ४२ वर्षिय बाबु भन्ने कुवेर सिलवाल पक्राउ परेका हुन् ।
गत वैशाख ३ गते गोठाटारको पहेँलो पुलनजिक मन्दिर अगाडी वाइवामाथि फलामको रड प्रहरी गरी घाइते बनाइएको भन्दै ज्यान मार्ने उद्योग कसुरमा प्रहरी वृत्त बानेश्वरमा जाहेरी परेको थियो । जाहेरीमा किटानी गरिएका दुईजनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएकोमा उनीहरु दुवै फरार थिए । उनीहरुलाई आज पक्राउ गरिएको हो ।दुवैलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij