चितवन : वाइसीएल नेपाल भरतपुर वडा नम्बर-१३ को अध्यक्षमा प्रकाश सापकोटा चयन भएका छन्। मंगलबार भरतपुरमा भएको बृहत युवा भेलाले सापकोटाको अध्यक्षतामा २१ सदस्य जुझारु युवा टोली चयन गरेको हो।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निशा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा नम्बर-१३ का ५ सय भन्दा बढी युवाको उपस्थिति रहेको थियो। कार्यक्रममा युवा नेता नारायण आचार्य,दोर्ण सिवाकोटी, ईश्वर सापकोटा ‘सुमन’ लगायतको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij