Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवन प्रहरीद्वारा ७० बोरा युरिया मल प्रहरी नियन्त्रणमा!

चितवन प्रहरीद्वारा ७० बोरा युरिया मल प्रहरी नियन्त्रणमा!

चितवन : चितवनको रत्ननगर नगरपालिकाबाट प्रहरीले ७० बोरा युरिया मल नियन्त्रणमा लिएको छ। उक्त युरिया मल धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरीलाई बुझाएको हो।नेकपा बहुमतले रत्ननगर नगरपालिका वडा नम्बर १४ बाट सो परिमाणको मल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो। स्थानीयहरुको बिशेष सूचनाका आधारमा पार्टीका जिल्ला सेक्रेटरी राम सेढाइ नेतृत्वको समूहले मल नियन्त्रणमा लिइएर प्रहरीलाई बुझाएको हो ।बा २० च १७८१ नम्बरको बोलेरोमा रहेको मल र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाइएको छ । मल अबैध तरिकाले नेपाल ल्याइएको नेकपा बहुमतले दाबी गरेको छ ।

स्थानीयहरुको सकृयतामा प्रहरीलाई जिम्मा लगाइएको मल बैध वा अबैध के हो ? भन्ने बिषयमा थप अनुसन्धान भइरहेको इप्रका टाँडीले जनाएको छ । यता जिल्लामा बुझ्दा मल नियन्त्रणमा लिइएको भए पनि बिस्तृत विवरण आईनसकेको बुझिएको छ।यता हामीलाई प्रहरीकै बिशेष श्रोतले दिएको जानकारी अनुसार एक पुर्ब प्रहरीकै सम्लग्नतामा यो तस्करी भैरहेको भन्दै यस अघिपनी लाईन मिलाएर ती पुर्ब प्रहरीले ठूलो परिमाणमा अबैध मालबस्तु भित्र्याउन लागीपरेको खुलेको छ।तर चितवन र नवलपरासीका प्रहरी हाकिम किन मौन हुन भनेर श्रोतले जिज्ञासा राखेको छ। यश बारे हामी थप अनुसन्धान गरि समाचार दिने नै छौं।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij