Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कृष्णभीरबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

कृष्णभीरबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

धादिङ: पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट-रोराङ्ग गाउँपालिकाको कृष्ण भीरबाट मोटर साइकल खस्दा एक जानको मृत्यु भएको छ ।मृत्यु हुने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-९ का मिनबहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुबास हमालले जानकारी दिनु भएको छ ।

मोटरसाइकल चितवनबाट काडमाण्डौँतर्फ आइरहेको प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकल सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।मृतकको शव गजुरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij