चितवन : तमू प्ये ल्हु संघ युवा जिल्ला कार्यसमितिको साधारण सभा एवम् पाँचौँ जिल्ला अधिवेशनले विशु लामा गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कोपिला तमुस्यो, उपाध्यक्षमा जेनिव यात्री तमुस्यो, सचिवमा अमृत क्रोम्छे तमू, सह–सचिवमा गौरव लेम, कोषाध्यक्षमा ममता क्रोम्छे तमुस्यो, सहकोषाध्यक्षमा कुसुम तमुस्यो चयन भएका छन् । यस्तै, विभागीय प्रमुखमा सांस्कृतिक विभागमा इच्छा लेम तमुस्यो, युवा परिचालन विभागमा सविन पच्यु तमू, महिला विभागमा श्री लम तमुस्यो, प्रचारप्रसार विभागमा रिचेन पच्यु तमुस्यो चयन भएका छन् । यस्तै, प्रचारप्रसार विभागका सदस्यहरुमा वन्दना लेम तमुस्यो, कल्याण पच्यु तमू, प्रनिशा तमुस्यो, जेनिशा लम तमू, कृति लम तमुस्यो, करिना लेम तमुस्यो, सोनिया लम तमुस्यो, सोमी लेम तमुस्यो, आशिका योज्मे तमुस्यो, विशेषता तमुस्यो, अश्मी लेके तमुस्यो, पुनम तमुस्यो चयन भएका छन् ।
अधिवेशनको प्रमुखअतिथिमा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ र विशिष्टअतिथि युवा व्यवसायी महेश लामिछाने रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij