Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शहरमा सडक बनाउँदा युटिलिटी कोरिडोरको अवधारणा अपनाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

शहरमा सडक बनाउँदा युटिलिटी कोरिडोरको अवधारणा अपनाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

पुल्चोक : उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरमा सडक बनाउँदा युटिलिटी कोरिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडकखण्डको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले युटिलिटी कोरिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताएका हुन् ।

सडक बनेलगत्तै ढल, खोनपानीको पाइप, फाइबर बिछ्याउन भत्काइहाल्ने प्रवृत्ति रोक्न पनि युटिलिटी कोरिडोरको अवधारणामा जानुपर्नेमा सिंहको भनाइ छ । ‘खास कुरा शहरको बीचमा बाटो बनाउँदा युटिलिटी कोरिडोरको अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ तर लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ,’ उनले भने, ‘जसले गर्दा जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी कोरिडोरमा अब ध्यान दिनैपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij