Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

साराङ वाइल्डलाइफ स्याञ्चुरी लङटम लिजमा लिएसँगै सिद्धार्थ हस्पिटालिटी लक्जरी रिसोर्टमा प्रवेश

साराङ वाइल्डलाइफ स्याञ्चुरी लङटम लिजमा लिएसँगै सिद्धार्थ हस्पिटालिटी लक्जरी रिसोर्टमा प्रवेश

चितवन: हस्पिटालिटी क्षेत्रमा मुलुकभर आफ्नो प्रभुत्व जमाउँदै एग्रेसिप रुपमा सञ्जाल विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले चितवनको मेघौलीमा रहेको लक्जरी रिसोर्ट साराङ वाइल्डलाइफ स्याञ्चुरी लङटम लिजमा लिएको छ। लामो समयदेखि मेघौलीमा सञ्चालनमा रहेको सो रिसोर्ट सिद्धार्थले औपचारिक रुपमा वैशाख १ गतेबाट लिएको हो।

सिद्धार्थ ग्रुपका एक उच्च अधिकारीका अनुसार रिसोर्ट १५ वर्षभन्दा बढी समयका लागि भाडामा लिएको हो। पछिल्लो समय वाइल्डलाइफमा रमाउने पर्यटकहरुको संख्या बढिरहेको बेला सिद्धार्थले पहिलो वाइल्डलाइफ रिसोर्टमा प्रवेश गरेको हो।

Hotel-(4)-1744877342.jpg

करिब १२ विघाहा क्षेत्रफलमा फैलिएको रिसोर्टभित्र १७ वटा भिल्लाहरुमा २४ कोठाहरु रहेको छ। लक्जरी रिसोर्टको रुपमा रहेको रिसोर्टको १७ वटा कोठामा बालकुने समेत रहेको छ। जहाँ बसेर जंगली जनावारहरुलाई नजिकबाट नियाल्न सकिन्छ। कोठाबाटै जंगलका भ्यूहरुसँगै वन्यजन्तुहरुलाई नजिकबाट नियाल्न सकिने भएकाले धेरैको रोजाई साराङ परिरहेको बेला सिद्धार्थले व्यवस्थापनसहित भाडामा लिएको बताइएको छ।

487504963_2064254944049494_3794146684731498000_n-1744877241.jpg मेघौली क्षेत्रमा पछिल्लो समय लक्जरी रिसोर्टहरु निर्माण तीव्र भइरहेको छ। खासगरी स्वदेशी एवं विदेशी जो वाइल्डलाइफसँग सरोकार राख्नेहरुलाई लक्षित गरी प्रतिस्पर्धात्मक रुपमा रिसोर्ट निर्माण गरिरहेको छ।

‘मुलुकभरि सञ्जाल विस्तार गरिरहेको सिद्धार्थलाई मेघौलीमा रिसोर्ट नहुँदा कता-कता आफ्ना ग्राहकलाई पूर्ण सन्तुष्टि दिन नसकिएको आभास भइरहेको थियो,’ ती अधिकारीले भने, ‘साराङ लिएपछि त्यो अभाव पूर्ति भएको छ।’

वैशाख १ गतेबाटै सिद्धार्थले व्यवस्थापनसहित काम सुरु गरे पनि औपचारिक रुपमा घोषणा भने गरिएको छैन। ‘अहिले आन्तरिक तयारी गरिरहेको र केही मर्मत सम्भारको कामहरुसमेत गर्नुपर्ने भएकाले औपचारिक रुपमा घोषणा गरिएको छैन,’ ती अधिकारीले भने, ‘सिद्धार्थको आफ्नै नियमहरु रहेकाले ती नियमअनुसार रिसोर्टमा काम गरिरहेका छौँ।’

Hotel-(2)-1744877321.jpg जंगलभित्र बसेको आभास दिलाउने रिसोर्टमा १ वटा स्विमिङ पुल, रेष्टुरेन्ट सञ्चालनमा छ। योसँगै रिसोर्टबाट जंगल सफारी, हात्ती सफारी, जंगलवाक र थारु भिलेजको भ्रमणसमेत गराउने छ। यस्तै थारु नाच र मगर नाच भने ग्राहकको मागअनुसार मात्र देखाउँदै आएको छ।

सुविधा थप्दै सिद्धार्थ

रिसोर्टको व्यवस्थापन लिएसँगै त्यसमा अपुग भएका अन्य संरचना थप गरी ग्राहकलाई सुविधा थप्ने योजनासमेत बनाएको जनाएको छ। हाल रिसोर्टमा हेल्थक्लब, साउनासहितको सुविधा नरहेकाले केही समयभित्रै थप गर्ने गरी तयारी थालिएको जनाएको छ।

Hotel-(1)-1744877342.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij