Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष श्रेष्ठद्धारा मानव सेवा आश्रमलाई नगद तथा जिन्सी सहयोग

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष श्रेष्ठद्धारा मानव सेवा आश्रमलाई नगद तथा जिन्सी सहयोग

भरतपुर : नारायणी सामुदायिक अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठले चितवनस्थित मानव सेवा आश्रमलाई नगद तथा जिन्सी सहयोग गर्नुभएको छ। आफ्ना ९५ वर्षीय पिता चन्द्रमान श्रेष्ठको चाहनाअनुसार उहाँलाई आश्रममा पुर्‍याउनुका साथै आश्रमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र ५ बोरा चामल सहयोगस्वरूप प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष श्रेष्ठले सामाजिक सेवामा प्रतिबद्धता पनि प्रकट गर्नुभएको छ ।अध्यक्ष श्रेष्ठले आश्रमको वातावरण, सेवा प्रणाली र त्यहाँ आश्रय लिएका वृद्धवृद्धा तथा असहायहरूको अवस्था देखेर भावुक हुँदै मानव सेवा आश्रमको कार्यप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।

क्यान्सर पीडित र अति विपन्न बिरामीहरूका लागि अस्पतालले निशुल्क परामर्श, विशेष छुट र अवस्था अनुसार निशुल्क सेवा प्रदान गर्दै आएको सम्झदै श्रेष्ठले आश्रममा रहेका कुनै पनि सदस्यलाई उपचार आवश्यक परेमा, आफ्नो अस्पतालले बिना कुनै शुल्क सेवा दिने साथै, आवश्यक परेमा स्वयं आफु पुगेर सेवा दिन तयार रहेको बताउनुभयो ।

साथै उहाँका पिता चन्द्रमान श्रेष्ठले जीवनको यस चरणमा सामाजिक सेवामा प्रत्यक्ष सहभागी हुन पाउँदा सन्तोष लागेको बिचार राख्नुभयो ।मानव सेवा आश्रमका प्रतिनिधिहरूले श्रेष्ठ परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगहरूले संस्थालाई थप उत्साहका साथ सेवाविस्तार गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।श्रेष्ठ परिवारको यस सामाजिक योगदानले समुदायमा सेवा भावनाको उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij