Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

यति अटोमा रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ मोडल लन्च

यति अटोमा रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ मोडल लन्च

रत्ननगर : रत्ननगर वडा नं. १, निपनीस्थित यति अटो मोबाइल्समा बिहीबार रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ मोडल लन्च गरिएको छ। रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरी र यति अटोका सञ्चालक अमरमान श्रेष्ठले संयुक्त रूपमा नयाँ मोडल सार्वजनिक गरेका हुन्। पुरानो आकर्षणलाई कायम राख्दै शैली र गुणस्तरमा आधुनिक सुधारसहित क्लासिक ३५० लन्च गरिएको हो।

रोयल इन्फिल्डको सिकेडी (CKD) प्लान्टमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा उपलब्ध हुनेछ। यसको सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ।यति अटोका सञ्चालक श्रेष्ठका अनुसार सुरुवाती भेरियन्टमै डुअल च्यानल एबीएस, प्रिमियम एलईडी हेडल्याम्प र एलईडी पाइलट ल्याम्प उपलब्ध छन्। बाइकमा टाइप-सी यूएसबी चार्जर र गियर इन्डिकेटर पनि समावेश छन्। नयाँ क्लासिक ३५० सात आकर्षक रङमा उपलब्ध छ र पाँच भेरियन्टहरू—हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा बजारमा आएको छ।

प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन समावेश गरिएको छ।नयाँ क्लासिक ३५० ले रोयल इन्फिल्डको विरासतलाई थप समृद्ध बनाउँदै नयाँ पुस्ताका राइडरहरूबीच नवीन तरिकाले आफ्नो पहिचान कायम गर्ने विश्वास कम्पनीले लिएको छ।रोयल इन्फिल्डका अन्य प्रिमियम मोडलहरूमा बेयर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मिटियोर ३५०, सुपर मिटियोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्विन्स, शटगन ६५०, द न्यु हिमालयन एड्भेन्चर टुर ४५०, स्क्राम ४४० एडीभी क्रसओभर, आइकनिक बुलेट ३५० र गोअन क्लासिक ३५० समावेश छन्।नेपालको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा निर्मित नयाँ क्लासिक ३५० को बुकिङ, टेस्ट राइड र बिक्री सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij