काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा अडिएको छ।सेन्सेटिभ इण्डेक्स ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेको हो ।
यसदिन ३२२ स्क्रिप्सको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँमा खरिदबिक्री भएको छ ।नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।१२ प्रतिशत गु्डविल फाइनान्स र नेपाल माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।
यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढ्दा त्रिशूली जल विद्युतको ६.३०,एनआईबीएल स्टेबल फण्डको ५.२२ प्रतिशतले बढेको छ ।आजकोदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।
बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ९.०८ प्रतिशतले घटेको छ ।कारोबार रकममा आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो ।सो कम्पनीको ४५ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।
एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४४ करोड,राधी विद्युतको ४३ करोड,हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये ८८ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहेको छ ।चार समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij