Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

मौसम : पूर्वी भेगमा छिटपुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

मौसम : पूर्वी भेगमा छिटपुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

काठमाडौँ :  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij