झापा : करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ।शनिवार बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।
उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
इलाममा पनि सोही समयमा करेन्ट लागेर अर्का एकजनाको ज्यान गएको छ। बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।
लडेर मृत अवस्थामा देखेपछि स्थानीयले दिउँसो १२ः४० बजे प्रहरी चौकी महमाईमा जानकारी गराएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij