वीरगन्ज : हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ।शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो।
झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्।अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरी स्रोतका अनुसार प्रशासनले कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij