Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’

‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’

मुम्बई : नसिरुद्दीन शाह र रत्ना पाठक शाहको विवाह सन् १९८२ मा भएको थियो। हालै रत्ना पाठक शाहले आफ्नो विवाहको बारेमा कुरा गरेकी छिन्।

उनले आफ्नोको परिवार यो सम्बन्धको विरुद्धमा रहेको र नसिरुद्दीन शाहको परिवारले उनलाई कहिल्यै धर्म परिवर्तन गर्न नभनेको सुनाएकी हुन्।

हाउटरफ्लाइसँग कुरा गर्दै रत्ना पाठक शाहले नसिरुद्दीन शाहसँग विवाह गर्दा शाहले उनलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब नदिएको बताइन्। उनले भनिन्, ‘म जस्तो छु त्यस्तै उनीहरूले मलाई स्वीकार गरेका छन्। मेरी सासुआमा एकदमै परम्परागत थिइन्, तर उहाँका विचारहरू धेरै खुला थिए।’

रत्नाले भनिन्, 'मेरो बुबा यो विवाहको विरुद्धमा हुनुहुन्थ्यो। उहाँ नसिरुद्दीन र मेरो विवाह भएको चाहनु हुँदैथ्यो। तर विवाह हुनुभन्दा पहिले नै उहाँको मृत्यु भयो। मलाई लाग्छ यदि उहाँ जीवित भएको भए, पछि सहमत हुनुहुन्थ्यो, किनकि त्यतिन्जेलसम्म नसिरुद्दीन आफ्नो करियरमा सफल भइसकेका थिए। एउटा बुबालाई हुने एउटै मात्र चिन्ता भनेको आफ्नी छोरीको भविष्य सुरक्षित होस् भन्ने हो। त्यतिबेला म आफैँले केही कमाइरहेको थिइनँ।’

‘सुरुमा मेरी आमा र नसिरुद्दीनबिच धेरै समस्याहरू थिए। उनीहरूको सम्बन्ध सधैँ उतारचढावले भरिएको थियो। तर समयसँगै दुई बिचको सम्बन्ध बलियो हुँदै गयो। बिस्तारै उनीहरू असल साथी बने,’ उनले भनिन् ।

नसिरको पहिलो विवाह परवीन मुराद (मनारा सिकरी) सँग भएको थियो। त्यतिबेला नसीर १९-२० वर्षका थिए र परवीन ३६ वर्षकी थिइन्। विवाहको एक वर्षपछि, दम्पतीकी छोरी हीबा शाहको जन्म भयो। चाँडै नै परवीन र नसिर अलग भए र हीबा आफ्नी आमासँग इरान गइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij