Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रधानमन्त्रीलाई कांग्रेस र एमालेका प्रतिनिधि मण्डलले बुझायो चितवनको २३ बुँदे विकास योजना

प्रधानमन्त्रीलाई कांग्रेस र एमालेका प्रतिनिधि मण्डलले बुझायो चितवनको २३ बुँदे विकास योजना

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चितवनले पन्ध्र तत्काल र आठवटा दीर्घकालीन गर्नुपर्ने योजना प्रस्तुत गरेको छ । चितवनबाट सत्ता साझेदार कांग्रेस र एमालेबाट गएका प्रतिनिधि मण्डलले बिहीबारसाँझ प्रधानमन्त्रीलाई भेटी चितवनको विकास योजना प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ को योजनामा पार्न मागसमेत गरे । यो भेटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हामीले प्रधान मन्त्रीलाई चितवनको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना प्रस्तुत गरेका छौँ, उहाँले सरकारको योजनामा पारेर चितवनको विकास गराउने विश्वास दिलाउनु भएको छ”, प्रतिनिधि मण्डलका प्रतिनिधिमध्येका एक नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने । प्रतिनिधि मण्डलमा सहभागी नेकपा एमालेका अध्यक्ष कमलराज पाठक प्रधानमन्त्री ओली चितवनका विकासमा चिन्तित रहेको बताए ।

“अहिले पनि संघीय सरकारको बजेटमा चितवनमा चार लेन सडकसहित ठूला–ठूला योजना कार्यान्वयनमा छन् । अब पनि दीर्घकालीन असर पार्ने ठूला योजना अघि सार्ने कुरामा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ”, उनले भने । प्रतिनिधि मण्डलमा चितवनबाट निर्वाचित दुवै दलका जिल्लाका प्रमुख नेताहरु तथा सांसद्हरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट