Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

सफाइ कर्मचारीले एक घण्टा बन्द गरे विमानस्थल, के हो माग?

सफाइ कर्मचारीले एक घण्टा बन्द गरे विमानस्थल, के हो माग?

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फका सरसफाइ कर्मचारीले एक घण्टा विमानस्थलको सेवा (आन्तरिक)तर्फ बन्द गरेका छन्। तीन महिनादेखि आफूहरूको तलब रोकिएकाले तत्काल भुक्तानीको माग गर्दै विमानस्थलका सफाइ कर्मचारीले विमानस्थलको सेवा अवरुद्ध गरेका हुन्।

पुस महिनादेखि तलव नपाएको भन्दै कर्मचारीहरू विरोधमा उत्रिएपछि विमानस्थलको आन्तरिकतर्फको फोहोर व्यवस्थापनमा समेत समस्या आएको छ। कर्मचारीहरूले विमानस्थलभित्रै धर्ना बसेर विमानस्थलको सेवा बन्द गराएका थिए।

‘दुई महिना भयो हाम्रो तलव रोकिएको। पटकपटक ताकेता गर्दा पनि तलब आएन। हामी बाध्य भएर विमानस्थलकै सेवा अवरोध गर्ने तहमा पुगेका हौँ,’ आन्दोलनरत कर्मचारीले भने, ‘हाम्रो माग पूरा नहुन्जेलसम्म थप आन्दोलनका कार्यक्रम पनि ल्याउँछौँ। भोलि पनि विमानस्थलको सेवा एक घण्टा अवरोध हुन्छ।’

कर्मचारीहरूले दिउँसो १ बजेदेखि २ बजेसम्म विमानस्थलको सेवा बन्द गराएका थिए। तलब माग गर्दै १५ दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहोर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कर्मचारीले फोहर नउठाउँदा आन्तरिकतर्फको क्षेत्रमा दुर्गन्ध फैलिएको छ।

विमानस्थलको सेवामा अवरोध भएको र फोहोर नउठेको विषयमा विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरे। विमानस्थलको आन्तरिकतर्फ ७६ जना सरसफाइ कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट