Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ १७ पुल बने

पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ १७ पुल बने

पोखरा : पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डमा १७ वटा पुल निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार चीनबाट विकसित भएको यो प्रविधिबाट छिटो पुल निर्माण गर्न सकिन्छ । प्रिकाष्ट प्रविधिबाट छुट्टै निर्माण गरिएको पुलको स्लोप मिच्छाइने भएको पुल निर्माण छिटो हुन्छ । यस चाइनिज प्रविधिबाट अन्यभन्दा छिटो पुल निर्माण गर्न सकिन्छ । पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर पुल निर्माण गरिएको हो । साना र ठुला गरी १७ पुल निर्माण पूरा भइसकेको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।पाण्डेको अनुसार मादी नदीमाथि बन्दै गरेको चार लेनको पुलको काम ६८ प्रतिशत पूरा भएको छ । ६६ किलोमिटर पूर्णरुपमा सम्पन्न भएको छ ।

पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको सो दूरीमा दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टि मिटरको गरी अन्तिम चरणको कालोपत्र गरिएको हो ।पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७५ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा हालसम्म चार लेन र दुई लेन गरी सो दूरीमा कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भने, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७५ किलोमिटर दूरी कालोपत्रे भएको छ ।” काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।पाण्डेका अनुसार दायाँ ३७ र त्यस्तै बायाँ ३७ गरी ७४ र एक किलोमिट एक तर्फी गरी ७५ किलोमिटरमध्ये ६६ किलोमिटरमा अन्तिम कालोपत्रे सकिएको हो ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भइ २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं। २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा लागेको छ । एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट