Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा निलगाईले हान्दा एक महिलाको मृत्यु

चितवनमा निलगाईले हान्दा एक महिलाको मृत्यु

चितवन : चितवनमा निलगाईको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको हो।

निलगाईको आक्रमणबाट भरतपुर–२४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन्।

निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिने कोखामा चोट लागेको थियो।

निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट