काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी टोली उनलाई पक्राउ गर्न हात्तीगौडास्थित निवासमा पुगेको थियो । आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए ।
यसअघि लामिछानेले फेसबुकमार्फत आजै आफूले गिरफ्तारी दिने बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij