Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला

टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला

काठमाडौँ : मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ट्राफिक प्रहरीले एक जना पक्राउ गरेको छ । काभ्रेपलान्चोक महाभारत गाउँपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने दुर्गाबहादुर दर्लामी रहेका छन् ।

गत चैत १५ गते दिउँसो ३ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेस्थित सडक खण्डमा प्रदेश १–०२,०४५ प २६२४ नम्बरको २०० सीसीको कालो रंगको पल्सर एनएस मोटरसाइकलको चालक र मोटरसाइकल पछाडि बस्ने ब्यक्तीले शंकास्पद गतिविधि देखाई उक्त मोटरसाइकल छाडेर फरार भएका थिए ।

प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार तत्काल उक्त मोटरसाइकलको सम्बन्धमा बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको एन एस मोटरसाइकलको वास्तविक नम्बर ग.प्र.०३,००१ प ०७२५ खुल्न आएको थियो । सो मोटरसाइकल चैत ७ गते जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं.०७ धापासी भेटघाटचोक स्थित सडक खण्डबाट हराएको भनी खोजतलासको लागि निवेदन दिएको पनि पाइएको थियो ।

उक्त मोटरसाइकलको चालक तथा पछाडि सवार व्यक्ति खोजतलास गर्दै जाने मङ्गलवार दर्लामीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल चालक जिल्ला सिन्धुली हरीहरपुरगढी गाउँपालिका–१ दुवी घर भई हाल भक्तपुर नलिनचोक बस्ने शक्ति भन्ने साजन जिम्बाको भन्ने बयान दिएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट