Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब

सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १५.५७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७.५५ अंकमा झरेको छ । आज बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । आज बजारमा २४२ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भन् ४२ वटा कम्पनीको मूल्य मात्रै बढेको छ ।

आज बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यका सकारात्मक सर्किट ब्रेकर लागेको छ भने गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरैले घटेको छ । बजारमा आज सबै समूहका सूचक घटेका छन् । फाइनान्स र होटलको सूचक १ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ ।

आज कारोबार रकम, कारोबार शेयर र कारोबार भएको संख्या तीनैका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।यसअघि अघिल्लो तीनवटा कारोबार दिनमा बजार परिसूचक झण्डै ११० अंकले बढेको थियो । आजको गिरावटलाई त्यसैको करेक्सनको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij