भरतपुर : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबारदेखि सुरु भएको नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को उद्घाटन गर्नुभएको छ । चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा एक भव्य समारोहबीच प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, हस्तकला, प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, बैंक, व्यवसायिक परामर्शदाता, निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करिब सयभन्दा बढी स्टलहरु रहेका छन् ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।