Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फेन्सी व्यवसायी संघ चितवनको स्थापना दिवस

फेन्सी व्यवसायी संघ चितवनको स्थापना दिवस

भरतपुर : फेन्सी व्यवसायी संघ चितवनको ३७ औँ स्थापना दिवस सम्पन्न भएको छ । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फेन्सी साकोसका अध्यक्ष पदमबहादुर केसी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, द्वितीय उपाध्यक्ष अशोक अधिकारी र तृतीय उपाध्यक्ष तथा वस्तुगत समन्बय संयोजक नारायण प्रधानको उपस्थिति रहेको थियो ।

सो अवसरमा फेन्सी व्यवसायी संघको स्थापना दिवसको अवसरमा संघका सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । यस्तै, स्थापना दिवसको अवसरमा सम्पन्न खेलकुद कार्यक्रमको विजेता टोलीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

जसअन्तर्गत क्रिक्सल प्रतियोगिताको विजेता मिलनरोड टिम र उपविजेता गंगोत्री मार्ग रहेका थिए भने फुटसल प्रतियोगिताको विजेता श्री गणेश बजार व्यवस्थापन समिति कमलनगर टिम र उपविजेता गंगोत्री मार्ग रहेका थिए । अन्त्यमा सियो–धागो प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो ।

स्थापना दिवसकै अवसर पारेर फेन्सी व्यवसायी संघ कमलनगरस्थित नयाँ कार्यालयमा सरेको छ । जसको औपचारिक उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले रिबन काटेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij