सिरहा : एसइई परीक्षामा चिट चोर्ने सिरहामा ३१ जना बिधार्थीलाई निस्कासन गरिएको छ । सिरहा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४० थान मोबाइल सेट, ११ थान स्मार्ट घडी बरामद गरी उनिहरुलाई समेत निस्कासन गरिएको हो ।सिरहा जिल्ला परीक्षा अनुगमन समितिका अनुसार परीक्षाका क्रममा परीक्षा हलमा लगिएको मोबाइल र स्मार्ट घडी समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए । चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो ।
परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको भन्दै सिरहाका विभिन्न परीक्षा केन्द्रका शिक्षकलाई पनि कारबाहीमा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताउनु भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij