Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दोहोरो अंकले नेप्से घट्दा ६ अर्ब ३२ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से घट्दा ६ अर्ब ३२ करोडको सेयर कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक आज ५३.०४ अंकले घटेको हो । सो गिरावटपछि नेप्से २६१६ अंकमा कायम भएको छ ।कारोबार रकम भने आज बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो ।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे ।

यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो। मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । आईसीएफसीडी ८८ को ३.८९, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो।

मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सयपत्री हाइड्रोपावरको ७.३४, उपकार लघुवित्तको ६.८७, अपरसोलु हाइड्रोको ६.८३, भूगोल इनर्जीको ६.८३ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij