काठमाडौं : भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्। मध्यपुर ठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको हो ।खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनी कवाडी सामान टिप्ने काम गर्थे। प्रहरीका अनुसार घटना शंकास्पद छ। राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij