Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

ससुराली हिँडेका शिवशंकरको अपहरणपछि हत्या

ससुराली हिँडेका शिवशंकरको अपहरणपछि हत्या

धनुषा : ससुराली हिँडेका एक युवकको अपहरणपछि हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो।उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो।शव शुक्रबार साँझ साढे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।

हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट