Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

बेलबारी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी

बेलबारी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी

मोरङको बेलबारी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट विजयी भएका छन्।माओवादीका कोशी प्रदेश अध्यक्षहर्क नेम्वाङ मेक्सोले क्रान्तिकारीका उम्मेदवार विष्ट स्ववियु निर्वाचनमा विजयी भएको जानकारी दिए । विष्टले प्रतिन्द्धन्द्धी अनेरास्ववियुको सभापति उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतले पराजित गरेका हुन् । निर्वाचनमा कूल ३७१ मत खसेको थियो।

मोरङमा हालसम्म निर्वाचन भएका ९ क्याम्पसमध्ये अखिल क्रान्तिकारीले ६ वटामा जित निकालेको छ । जिल्लाका तीनवटै आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु सभापति जितेको छ । यस्तै, रमाइलो बहुमुखी, बेलबारी र मिक्लाजुङ क्याम्पसमासमेत अखिल क्रान्तिकारीले जितेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट