Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै

दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै

सिरहा : सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई बचाउने प्रयास सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयभित्रै पञ्चायती ‘सामाजिक छलफल’ गरी मिलापत्र गराउने प्रयास गरिएको हो । जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मरिकलाई सामाजिक छलफलमा अलमल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयभित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरूलाई बोलाएर ‘गाउँ घरको घटना हो, मिल्नु/मिलाउनुपर्छ’ भनेर पैरवी गरिन थालिएको छ । पञ्चायतीमा पत्रकारहरूलाई भने प्रवेश गर्न रोक लगाइएको छ ।

बिहान १० बजे जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दीपक मरिकको जाहेरी दिउसो १ बजेसम्म दर्ता भएको छैन । उनलाई पञ्चायतीमा भुलाएर सम्झाइ बुझाइ गर्ने प्रयास भइरहेको छ ।

दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भने छुवाछुतको अपराधमा मिलापत्र नहुने बताएका छन् । ‘रिंकु सदाको बलात्कार घटनामा पञ्चायती गरे जस्तो गर्नु हुँदैन’ भनेर उनले अडान लिएका छन् ।

सांसदहरू, मिडिया र दलित आन्दोलनको दबाबका कारण प्रहरीले हिजो शुक्रवार अपराह्न पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको थियो । दलितको घर भत्काउने आरोपीहरू पक्राउ परेपछि आज पीडित दीपक मरिक जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट