Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

चार जिपिए ल्याउनेलाई ककनीद्वारा १ लाख पुरस्कारको घोषणा

चार जिपिए ल्याउनेलाई ककनीद्वारा १ लाख पुरस्कारको घोषणा

नुवाकोट : ककनी गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई उत्साहित गराउँदै उत्तीर्ण विद्यार्थीको जिपिएको आधारमा पुरस्कार दिइने ककनी गाउँपालिकाले जनाएको छ ।

ककनी गापाले ४ जिपिएसहित उत्तीर्ण हुने विद्यार्थीलाई १ लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरेको हो । ३.९ देखि ४ जिपिए ल्याउनेलाई ५० हजार रुपैयाँले पुरस्कृत गरिने र ३.८ देखि ३.९ सम्मका लागि २० हजार रुपैयाँले पुरस्कृत गर्ने भएको सो गापाले जनाएको छ ।यस्तै,३.७ देखि ३.८ जिपिए ल्याउनेलाई १५ हजार र ३.६ देखि ३.७ ल्याउनेलाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिने ककनी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट