Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो

भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (९ महिना) मा १३ खर्ब ३७ अर्ब ७४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यपार भएको छ ।

जसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मा १५.२९ प्रतिशतले वैदेशिक व्यापार बढेको छ । चालु वर्षको कुल व्यापारमध्ये ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा ११ प्रतिशतले आयात बढेको छभने ५७ प्रतिशतले निर्यात बढेको छ ।

तर देशको व्यापार घाटा गत वर्षको तुलनामा चालु वर्षमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ । गत वर्ष सोहि अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड व्यापार घाटा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij