Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर , कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर , कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर छ। बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij