Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो

वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो

काठमाडौँ : वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थालेको छ । आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो । बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, शिवशक्ति प्रा.लि. ले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो ।

२० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा बिस हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो । सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुल नामा ढुवानी भाडमा औसत १५ प्रतिशत बचत हुने कुरा तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा मिति २०८० असार १६ (जुलाई ०१, २०२३) देखि लुज कार्गो (कोइला) आउन थालेको थियो ।

अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरु गरे पश्चात् वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ ।ट्याङ्क कन्टेनर पूर्णरुपमा सिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटनाबाट नहुने भएकोले सुरक्षित रूपमा आयात हुनाको साथै सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्याङ्कर नपाइने समस्याबाट समेत आयातकर्ताहरूलाई छुटकारा मिल्ने देखिन्छ ।

ट्याङ्क कन्टेनरको सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘हामीले यसै वर्षबाट कोइलाको व्यवस्थापन गर्न सुरु गर्‍यौँ र अब कच्चा तेलको व्यवस्थापन पनि सुरु गरेका छौँ,’ उनले भने,‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौ भने आधुनिकीकरण पनि गरिरहेका छौँ । ट्याङ्क कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आउनु व्यापार सहजीकरणमा सुखद पक्ष रहेको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट