Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धरहराबाट दुई करोड रुपैयाँ बढी रकम संकलन

धरहराबाट दुई करोड रुपैयाँ बढी रकम संकलन

काठमाडौँ : धरहराबाट हालसम्म दुई करोड रुपैयाँ बराबर रकम संकलन भएको छ । फागुन मसान्तसम्ममा धरहरामा धरहराबाट २ करोड ३७ लाख रकम संकलन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा असोज ३ बाट खुला गरिएको धरहरा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको थियो ।

सशुल्क सञ्चालन भएदेखि हालसम्म २ करोड ३७ लाख बढी रकम संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij