Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्‍यालीको आयोजना

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्‍यालीको आयोजना

बाग्लुङ : प्रभु बैंक गण्डकी प्रदेशको आयोजनामा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसर पारेर बित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ ।

“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरे प्रभु बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए ।उनले बालबालिका, बृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

र्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट