Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति

९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति

काठमाडौँ : व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गर्न लागिएको ९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले अनुमति पाएका छन् । उक्त गहुँ आयातका लागि ५९ वटा व्यापारिक कम्पनीको आवेदन दिएका थिए । जसमध्ये ७ प्रतिष्ठानलाई छनौट गरिएको विभाग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको २०० मेट्रिक टन गहुँमध्ये ९० हजार मेट्रिक टन गहुँ आयात गर्न विभागले उक्त कम्पनी छनोट गरेको हो ।

छनोट पर्नेमा काठमाडौँ कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रेड लिंक छन् । यस्तै वीरगन्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल र काठमाडौँ डिल्लीबजारको दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलाई विभागले छनोट गरेको छ ।

छनोटमा परेका प्रत्येक कम्पनीले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने जनाएको छ । कम्पनीले भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ । अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij